अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेका नवीन पाँडेलाई बर्खास्त गर्न निवेदन दर्ता भएको छ। एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले उनलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको थियो।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्ष विराटजंघ शाहीले उनलाई बर्खास्त गर्न निवेदन दर्ता गराएका हुन्। पाण्डेलाई धारा ३८ (६) बमोजिम नै बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता भएको हो। उनीहरुका साथै अन्य १० जनाले पनि निवेदनमा हस्ताक्षर गरेका छन्।
एन्फाको पहिलो बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा पाँडेलाई नियुक्त गरिएको थियो।
जुन निर्णय एन्फा विधानको धारा २४ को ३ (क) मा भएको व्यवस्था देहायको व्यक्ति एन्फा वा प्रदेश फुटबल संघमा निर्वाचन वा मनोनित हुन नसक्ने भन्दै उपधारा ३ (क) अनुसार गैर नेपाली नागरिक भएमा भनिएको व्यवस्था अनुसार उनको नियुक्ति कानुनविपरीत भएको निवेदनमा उल्लेख छ।
एन्फाको बिहीबार बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित अन्य पदाधिकारी र सदस्यले एजेण्डामा प्रवेश गर्नुअघि नै उपस्थितिमा हस्ताक्षर गर्न नमानेपछि बिहीबारको लागि बोलाइएको बैठक पनि स्थगित भएको हो।
Shares
प्रतिक्रिया