नेपाल भलिबल संघको निर्वाचन भदौ तेस्रो साता हुने भएको छ।
संघको बिहीबार भक्तपुरमा बसेको आठौँ पुर्ण बैठकले निर्वाचनसहितको नवौँ साधारणसभा भदौ २२ गते गर्ने निर्णय गरेको हो।
संघको जिल्ला र प्रदेश संघको निर्वाचन सम्पन्न भइसकेपछि आज बसेको बैठकले मिति तोकेको हो।
संघको निर्वाचनका लागि १३३ जना मताधिकार प्राप्त सदस्य छन्। केन्द्रीय निर्वाचनमा ७७ जिल्लाका प्रतिनिधि, ७ प्रदेश, राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, रेफ्री गरी १ सय ३३ जनाले भोट दिनेछन्।
केन्द्रीय निर्वाचनका लागि ७७ जिल्ला र ७ प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ।
आजको बैठकमा जिल्ला, प्रदेश भलिबल संघको गठन– पुर्नगठनको जिम्मेवारी पाएका संयोजक र सदस्यले प्रतिवेदन प्रस्तुत गरेका थिए।
आजको बैठकमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन,संभको साधारण सभा लगायत विविध विषयमा छलफल भएको एक सदस्यले जानकारी दिए।
Shares
प्रतिक्रिया