पोर्चुगिज फरवार्ड डार्विन नुनेजले गरेको ४ गोलले इंग्लिस क्लब लिभरपुलले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा शानदार जित हासिल गरेको छ।
बिहीबार राति भएको प्रतिस्पर्धामा लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिगलाई ५–० गोलको फराकिलो अन्तरमा हराएको हो।
रेडबुल एरिना लाइप्जिगमा भएको खेलमा एक गोल मोहम्मद सलाहले हाने। पोर्चुगिज क्लब बेन्फिकाबाट लिभरपुल आएका नुनेजले दोस्रो हाफमा ४ गोल गरेका थिए।
प्रि–सिजनमा लिभरपुल तेस्रो खेलमा दोस्रोपटक विजयी भएको हो। यसअघि म्यानचेस्टर युनाइटेडसँग ४–० ले पराजित लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० ले हराएको थियो।
60
Shares
प्रतिक्रिया