अष्ट्रियालाई पराजित गर्दै जर्मनी महिला युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति भएको दोस्रो क्वार्टरफाइनल खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थान पक्का गरेको हो।
जर्मनीको जितमा लिना मगुल र अलेक्जान्ड्रा पपले गोल गरे। खेलको २५औँ मिनेटमा लिनाले क्लारा बुहलको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
पहिलो हाफमा १–० ले अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ९० औँ मिनेटमा अलेक्जान्ड्राले गोल गर्दै अग्रता दोब्बर पारिन्।
जर्मनीले अब फाइनल प्रवेशका लागि फ्रान्स र नेदरल्याण्डसँगको विजेतासँग खेल्नेछ।
यसअघि भएको पहिलो क्वार्टरफाइनल खेलमा स्पेनलाई २–१ ले हराउँदै इंग्ल्याण्डले अन्तिम ४ मा स्थान बनाइसकेको छ।
युरोकपमा आज स्वीडेन र बेल्जियम खेल्नेछन्। आजको खेलको विजेताले सेमिफाइलनमा इंग्ल्याण्डको सामना गर्नेछ।
Shares
प्रतिक्रिया