राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार साफ च्याम्पियनसिपका लागि थापालाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको हो।
थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालेका थिए। थापा ए डिभिजन टोली नेपाल एपीएफ क्लबका प्रशिक्षक समेत हुन्।
एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति बनाएको छ।
महिला टोलीको व्यवस्थापकमा विन्द्रा देवान नियुक्त भएकी छिन्। च्याम्पियसिपमा भेन्यु म्यानेजर रविन्द्र चन्द, लोकल जनरल कोअर्डीनेटरमा विजय घले, सुरक्षा प्रमुखमा दिनेश व्यन्जनकारलाई तोकेको छ।
मार्केटिङ, ब्रोडकास्ट र डिजिटल राइट्सको जिम्मेवारी संजिव शिल्पकारलाई तोकेको छ।
महिला साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुँदैछ।
Shares
प्रतिक्रिया