वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजमाथि ३ रनको जित हात पारेको छ।
शुक्रबार भएको खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो। भारतको लागि शिखर धवनले ९७, शुभम गिलले ६४ र श्रेयस ऐय्यरले ६४ रनको पाली खेले।
३०९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३०५ रन मात्र बनाउन सक्यो।
वेस्ट इन्डिजका लागि कायल मेयर्सले ७५ रन बनाए भने ब्रान्डन किङले ५४ रनको पाली खेले।
भारत र वेस्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेल आइतबार हुनेछ।
156
Shares
प्रतिक्रिया