फ्रान्स पहिलोपटक महिला युरोपेली च्याम्पियन्सिपको सेमिफाइनलमा पुगेको छ।
शनिबार भएको क्वार्टरफाइनलको अन्तिम खेलमा नेदरल्याण्ड्सलाई १–० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो।
शनिबारको खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो।
अतिरिक्त समयको १०२ औं मिनेटमा फ्रान्सले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्न पुग्यो।
सेमिफाइनलमा अब फ्रान्सले फाइनल प्रवेशको लागि जर्मनीको सामना गर्नेछ।
45
Shares
प्रतिक्रिया