नेपाल टी२० लिगको एक टोली लुम्बिनी अल स्टार्सले आफ्नो लोगो सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलन गर्दै टोलीले लोगो सार्वजनिक गरेको हो।
क्लबका प्रमुख कार्यकारी सञ्जय शर्माले नेपालमा भएको क्लब नै नेपालमा बनाएको बताए।
उनले अमेरिकामा भएको टोलीअनुसार यो टोली निर्माण गरिएको जानकारी दिए।
उनले भने, ‘हामी नेपालमा अल स्टार्स टिम बनाउन पाउँदा खुसी छौँ। अमेरिकाबाट क्रिकेटमा धेरै लगानी भइरहेको छ। त्यही भएर नेपालमा पनि किन नगर्ने भनेर टोली बनायौँ।’
नेपाल क्रिकेट संघ क्यानको यो लिग पहिलो आधिकारिक प्रतियोगिता हो। यसको रणनैतिक साझेदारमा सेभेन३स्पोर्ट्स रहेको छ। लिगको मार्केटिङ क्याम्पेन समेत आजबाट सुरु भएको छ।
लुम्बिनी अल स्टार्सले आफ्नो वेबसाइट र सामाजिक सञ्जाल मिडिया ह्यान्डल्स पनि सुरु गरेको छ।
यो लिगमा छ टोलीले प्रतिस्पर्धा गर्दै छन्।
Shares
प्रतिक्रिया