नयाँ सिजनका लागि तयारी गरिरहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन यतिबेला एसियाको भ्रमणमा छ।
एसिया भ्रमणमा रहेको पीएसजीले सोमबार दिउँसो जापानी क्लब गाम्बा ओसाकासँग मैत्रीपूर्ण खेल खेलेको छ।
उक्त खेलमा एकसाथ मैदानमा उत्रिएका लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे गोल गर्न सफल भए।
पीएसजीलाई जिताउने क्रममा खेलको २८ औँ मिनेटमा पाब्लो साराबियाले पहिलो गोल गरे।
त्यसपछि नेयमारले खेलको ३१ औँ मिनेटमा पेनाल्टीबाट गोल गरे। खेलको ३७ औँ मिनेटमा नुनो मेन्डेसले पीएसजीको अग्रतालाई ३-० बनाए।
दोस्रो हाफमा पनि पीएसजीले गोल बर्षा गर्यो। उसका लागि लियोनेल मेस्सीको पासमा नेयमारले खेलको ६० औँ मिनेटमा गोल गरे।
त्यसअघि पहिलो हाफको ३४ औँ मिनेटमा ओसाकाका लागि केइसुके कुओकावाले पहिलो गोल गरेका थिए।
खेलको ६९ औँ मिनेटमा ओसाकाले अर्को गोल थप्यो। तर खेलको ८६ औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरेपछि पीएसजीले ६-२ को फराकिलो जित पक्का गर्यो।
Shares
प्रतिक्रिया