महिला युरोपेली च्याम्पियन्सिपअन्तर्गत मंगलबार भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डले स्वीडेनमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
यससँगै इंग्ल्याण्डले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
मंगलबार भएको खेलको पहिलो हाफमा १–० गोलले अगाडि रहेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल थपेको हो।
फाइनलमा इंग्ल्याण्डले जर्मनी र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
दोस्रो सेमिफाइनल खेल बुधबार हुनेछ।
30
Shares
प्रतिक्रिया