मैत्रीपूर्ण क्लब फुटबलअन्तर्गत बुधबार बिहान भएको खेलमा बार्सिलोना र युभेन्टस २–२ गोलको बराबरीमा रोकिएका छन्।
खेलको ३४ औं मिनेटमा नै बार्सिलोनाका औस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
३९ औं मिनेटमा युभेन्टसका मोइसे किएनले बराबरी गोल फर्काए। तर, त्यसको एक मिनेटपछि नै डेम्बेलेले अर्को गोल गर्दै बार्सिलोनालाई २–१ को अवस्थामा पुर्याएका थिए।
दोस्रो हाफको ५१ औं मिनेटमा पुनः किएनले अर्को गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए।
खेलमा थप गोल हुन नसकेपछि खेल बराबरीमा रोकिएको हो।
21
Shares
प्रतिक्रिया