फ्रान्सेली डिफेन्डर जुल्स कुन्डे क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध भएका छन्।
बार्साले कुन्डेलाई ला लिगा क्लब सेभियाबाट अनुबन्ध गरेको हो।
२३ वर्षीय कुन्डेलाई भित्र्याउन बार्साले ५५ मिलियन युरो खर्च गरेको रोयटर्सले जनाएको छ। बार्साले दई बीचको कागजी प्रक्रिया र मेडिकल रिपोर्ट सार्वजनिक गरेको हो।
बार्सिलोनामा अनुबन्ध भएपछि कुन्डेले उत्साहित रहेको बताएका छन्। आफू बार्साबाट खेल्न निकै उत्साहित रहेको उनले बताए। कुन्डेले सेभियाबाट ३ सिजनका १३३ खेल खेल्दा ९ गोल गरेका छन्।
बार्साले यो सिजन आन्द्रेस क्रिस्टेन्सेन, रोबर्ट लेवान्डोस्की लगायतकबा खेलाडीलाई अनुबन्ध गरेको छ।
33
Shares
प्रतिक्रिया