लिभरपुलले प्रिमियर लिग विजेता टोली म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै एफए कम्युनिटी सिल्ड जितेको छ।
शनिबार भएको खेलमा टोलीलाई जित दिलाउने क्रममा खेलको २१ औं मिनेटमा लिभरपुलका ट्रेन्ट एलेक्जान्डर अर्नल्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ७० औं मिनेटमा जुलियन अल्भारेजले बराबरी गोल फर्काएका थिए। ८३ औं मिनेटमा पेनाल्टीमार्फत मोहम्मद सलाहले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए।
खेलको इन्ज्युरी समयमा डार्विन नुएजले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
33
Shares
प्रतिक्रिया