ad ad

खेल


बार्यनलाई जर्मन सुपर कपको उपाधि

बार्यनलाई जर्मन सुपर कपको उपाधि

नेपालखबर
साउन १५, २०७९ आइतबार ७:७, काठमाडौँ

बार्यन म्युनिखले जर्मन सुपर लिगको उपाधि जितेको छ। शनिबार भएको खेलमा आरबी लेइपजिगलाई ५–३ गोल अन्तरले हराउँदै बार्यनले उपाधि जितेको हो।

शनिबार भएको खेलमा बार्यनलाई जित दिलाउने क्रममा खेलको १४ औं मिनेटमा जमाल मासिएलाले सुरुवाती गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ३१ औं मिनेटमा साडियो मानेले अर्को गोल थपे।

४५ औं मिनेटमा बेन्जामिन पभार्डले टोलीका लागि तेस्रो गोल गरेका थिए। 

त्यस्तै ६५ औं मिनेटमा सर्ग गनाब्री र इन्ज्युरी समयमा लेरोय सानेले गोल गरेका थिए। विपक्षी टोलीको तर्फबाट मार्सेल हल्स्टेन्बर्ग, क्रिस्टोफर एनकुन्कु र डानी ओल्मोले १/१ गोल गरेका थिए। 

नयाँ सिजनमा बायर्नको यो पहिलो उपाधि हो । अब एक सातापछि बुन्डेसलिगासँगै अन्य घरेलु प्रतियोगिता शुरु हुनेछ । जर्मन सुपर कप बुन्डेसलिगा च्याम्पियन र डिएफवी पोकल च्याम्पियनबीच नयाँ सिजन शुरु हुनुअघि खेल्ने प्रावधान छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .