प्रि–सिजन फ्रेन्ड्लीअन्तर्गत आइतबार बिहान भएको खेलमा बार्सिलोनाले न्युयोर्क रेड बुल्समाथि २–० गोल अन्तरको जित हात पारेको छ।
बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको ४० औं मिनेटमा औस्माने डेम्बेले र ८७ औं मिनेटमा मेम्फिस डिपेले १/१ गोल गरेका थिए।
खेलको ८२ औं मिनेटमा ड्यानिअल एडेलमेन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युयोर्क रेड बुल्स १० खेलाडीमा सीमित भएको थियो।
36
Shares
प्रतिक्रिया