भारतविरुद्धको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिजले ५ विकेटको जित हात पारेको छ।
सोमबार भएको खेलमा पहिला ब्याटिङ गरेको भारतले १९ ओभर ४ बलमा अलआउट हुँदै १३८ रन बनाएको थियो।
भारतलाई सस्तैमा समेट्ने क्रममा वेस्ट इन्डिजका ओबेड क्याकोय एक्लैले ६ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर १४१ रन बनाउँदै लक्ष्य पूरा गर्यो। वेस्ट इन्डिजका ब्रान्डन किङले ६८ रनको पाली खेले।
यससँगै पाँच खेलको टी–२० सिरिजमा वेस्ट इन्डिजले १–१ को बराबरी गरेको छ। यसअघि पहिलो टी–२० मा भारत विजयी भएको थियो।
72
Shares
प्रतिक्रिया