ad ad

खेल


किरण चेम्जोङले गरे खेल मैदानमै प्रेमिकासँग ‘इन्गेजमेन्ट’

किरण चेम्जोङले गरे खेल मैदानमै प्रेमिकासँग ‘इन्गेजमेन्ट’

टिमकै अगाडि प्रेमिकालाई औंठी लगाइदिँदै किरण चेम्जोङ। तस्बिर : चेम्जोङको फेसबुकबाट


नेपालखबर
साउन १७, २०७९ मंगलबार ११:२०, काठमाडौँ

नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङले खेल मैदानमै प्रेमिकासँग ‘इन्गेजमेन्ट’ गरेका छन्। 

आफू सहभागी माजिया स्पोर्टस एन्ड आरसीले सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि  खुसियालीमा उनले प्रेमिकासँग इन्गेजमेन्ट गरेका हुन्। 

सोमबार भएको फाइनल प्रतिस्पर्धामा क्लब इगल्सलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै माजिया लिग च्याम्पियन बनेको हो।

उक्त जितमा महत्त्वपूर्ण भूमिका खेलेका किरणले यस सिजनकै सर्वोत्कृष्ट गोलकिपरको उपाधि पाएका छन्। 

उपाधि जितेको उपलक्ष्यमा उनले आफ्नी प्रेमिकालाई औंठी लगाइदिएका हुन्।​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .