नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले संघको आगामी चुनावका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
आज एक कार्यक्रमका बीच मास्केले अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरेकी हुन्।
डेढ दशकदेखि संघमा रहेर भलिबलको विकासमा योगदान गरेको बताउँदै उनले आफूले चुनाव जितेर संघलाई नयाँ उचाइमा पु¥याउने बताइन्।
नेपालको भलिबलको समग्र विकासका लागि उनले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचना क्षेत्रमा काम गर्ने भन्दै ५ प्रतिबद्धता समेत जनाएकी छिन्।
भलिबल संघको चुनाव आगामी भदौ २१ गते हुँदै छ।
159
Shares
प्रतिक्रिया