राष्टिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेसहित २३ खेलाडीलाई बाहिर राख्दै घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपको दोस्रो चरणका लागि टोली घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार दोस्रो चरणका लागि ३५ खेलाडीको नाम सार्वजनिक गरेको हो। महिला राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापाले दोस्रो चरणका लागि खेलाडी छनोट गरेका हुन्।
नेपालले भदौ २१ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्ने तालिका छ। नेपाल भुटान र श्रीलंका रहेको समुह बी मा रहेको छ।
सेमिफाइनलका खेलहरु भदौ ३१ गते हुनेछ। असोज ३ मा उपाधि भिडन्त हुनेछ। च्याम्पियनसिपमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूहका शीर्ष दुई टोलीले अन्तिम ४ मा स्थान बनाउनेछ। समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन्।
साफ च्याम्पियनसिप काठमाडौको दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।
नेपालको ३५ सदस्यीय टोली
गोलरक्षकः एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, कविता विक
डिफेन्डरः हिराकुमारी भुजेल, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घा मगर, निशा थोकर, सिर्जना चेम्जोङ, विमला विक, समिक्षा घिमिरे
मिडफिल्डरः विमला चौधरी, मन्जली कुमारी योन्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बु, दिपा राई, दिपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुसुम खतिवडा
फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी
Shares
प्रतिक्रिया