यू२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज स्वदेश फर्किंदै छ।
आज बिहीवार अपरान्ह ४ बजे टोली स्वदेश आइपुग्नेछ। भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपाल फाइनलमा पुग्न नसकेको नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक खेलमा हार व्यहोरेको थियो ।
प्रतियोगिताको सुरुवाती दुई खेलमा जित हात पार्दै फाइनलमा पुग्ने सम्भावना बनाएको नेपाली टोली तेस्रो खेलमा भारतसँग ८–० गोल अन्तरले पराजित भएसँगै फाइनलको सम्भावना लगभग सकिएको थियो।
अन्तिम खेलमा नेपाल बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो।
39
Shares
प्रतिक्रिया