नेपाल टी–२० लिगमा सहभागी हुने २ फ्रेन्चाइज टोली र टिम मालिक सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रम गर्दै जनकपुर रोयल्स् र विराटनगर सुपर किंग्स र टिम मालिक सार्वजनिक गरेको हो।
जनकपुरको टिम मालिकमा गोविन्द खण्डेलवाल र विराटनगर सुपर किङ्गसमा मन्दिरा साहनी टिम मालिक रहेका छन्।
क्यानले यसअघि लिगमा सहभागी हुने कान्तिपुर क्यापिटल, विराटनगर सुपर किङ्गस्, जनकपुर रोयल्स् र लुम्बिनी अल स्टार्स टोलीलाई सार्वजनिक गरेको थियो।
लिगमा सहभागी हुने पोखरा र सुदूरपश्चिमको फ्रेन्चाइज टोलीको बारेमा केही दिनमा जानकारी दिने क्यानले जनाएको छ।
होम एण्ड अवेको आधारमा हुने नेपाल टी२० लिग आगामी असोज ८ देखि कार्तिक ५ गतेसम्म हुँदैछ।
114
Shares
प्रतिक्रिया