ad ad

खेल


एएफसी क्लब च्याम्पियनसिप खेल्न साम्बा भारत जाँदै

एएफसी क्लब च्याम्पियनसिप खेल्न साम्बा भारत जाँदै

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १२:५३, काठमाडौँ

एएफसी क्लब च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी 'साम्बा' शनिबार भारत प्रस्थान गर्दैछिन्। 

भारतिय महिला लिग च्याम्पियन टोली गोकुलम केरला एफसीमा पुनः अनुबन्ध भएकी साम्बा एफसी क्लब च्याम्पियनसिप खेल्न शनिबार भारत जान लागेकी हुन्। 

साम्बा शनिबार दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलमार्फत त्यसतर्फ प्रस्थान गर्नेछिन्। 

सावित्राले यो पटक गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्ने छिन्। 

गोकुलमले सावित्रालाई पहिला नै टोलीको प्रशिक्षणमा सामेल हुन बोलाए पनि उनी नेपाली टोलीको प्रशिक्षणमा नै व्यस्त थिइन्। 

भारतमा एफसी क्लब च्याम्पियनसिपलगत्तै सावित्रा घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा सहभागी हुनेछिन्। 

भारतमा एफसीको खेलले नेपालमा पनि आफुलाई सहयोग पुग्ने साम्बाले बताएकी छिन्। 

भारत जानुअघि साम्बाले भनिन्, भारतमा एफसीको खेलले नेपाली टोलीलाई पनि सहयोग पुग्ने विश्वास छ। 

त्यहाँ प्रशिक्षण गर्दा धेरै नयाँ कुराहरु सिक्न पाइन्छ। त्यहाँ सिकेको कुरालाई म राष्ट्रिय टोलीमा प्रयोग गर्नेछु। म जहाँ भएपनि मेरो प्राथमिकता भनेको नेपाली राष्ट्रिय टोली नै हुनेछ। 

साम्बा लगातार दोस्रो पटक गोकुलममा अनुबन्ध भएकी हुन्। आइ लिगको दुई सिजन साम्बाले दुई फरक क्लबबाट खेलेकी थिइन्।

दुवै सिजन क्लबलाई च्याम्पियन बनाउन साम्बाले महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .