ad ad

खेल


क्याम्पनाउमा लेवान्डस्की सार्वजनिक, बार्साले दियो ९ नम्बर जर्सी

क्याम्पनाउमा लेवान्डस्की सार्वजनिक, बार्साले दियो ९ नम्बर जर्सी

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १६:५२, काठमाडौँ

स्पेनिस क्लव बार्सिलोनाले आफ्ना स्टार स्ट्राइकर लेवान्डोस्कीलाई सार्वजनिक गरेको छ।

यसअघि केही मैत्रीपूर्ण खेल समेत खेलिसकेका लेवान्डोस्कीलाई क्लवले आधिकारिक सार्वजनिक भने गरेको थिएन। 

नेपाली समय अनुसार शुक्रबार अपरान्ह लेवान्डोस्कीलाई बार्साको घरेलु मैदान क्याम्पनउमा सार्वजनिक गरेको हो। बार्साले यसै ट्रान्सफरमा बायर्नम्युनिखबाट पोलिस फरवार्ड लेवान्डोस्की भित्र्याएको हो। प्रशिक्षक जावी हर्नानडेज क्लवको पुर्नर संरचनामा लागेका छन्। 

यसक्रममा उनले लेवान्डोस्कीसहित आधा दर्जन खेलाडी भित्र्याइसकेका छन्। क्लवले केही खेलाडीको बिदाई धमाधम गरिरहेको छ। यसैबीच बार्सिलोनाले जर्सी नं ९ लेवान्डोस्कीलाई प्रदान गरेको छ।

क्लवको आइकनिक जर्सी यसअघि मेमफिस डिपेले लगाउँदै आएका थिए। डिपे क्लवमा हुँदै क्ल्वले उक्त जर्सी लेवान्डोस्कीलाई प्रदान गरेको हो। लेवान्डोस्कीले बायर्न र राष्ट्रिय टोलिबाट पनि जर्सी नं ९ नै लगाउँदै आएका छन्। 

डिपेले भने बार्सिलोना छाड्ने चर्चा छ। तर अहिलेसम्म कुन क्लवमा जाने भन्ने निश्चित भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .