इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारबाट सुरु हुँदै छ।
आज मध्यरातिबाट सुरु हुने २०२२–२३ को नयाँ सिजनको पहिलो खेलमा क्रिष्टल प्यालेस र आसर्नल भिड्नेछन्।
खेल क्रिष्टलको घरेलु मैदानमा पौने १ बजे सुरु हुनेछ। नयाँ सिजनको सुरुवातमा दुवै टोली जित निकाल्दै सुरुवात गर्ने योजनामा छन्।
गत सिजन आर्सनलले पाँचौँ क्रिष्टल प्यालेसले १२औँ स्थानमा रहेर लिग सकाएका थिए। यी दुई टोलीबीचको पछिल्लो पाँच भेटमा क्रिष्टल प्यालेस र आर्सनलले समान एक खेलमा जित निकालेका छन्।
३ खेल बराबरीमा सकिएको थियो।
27
Shares
प्रतिक्रिया