भारतले साफ यू२० च्याम्पियनसिपको उपाधि जितेको छ। शुक्रबार भएको खेलमा बंगलादेशलाई ५–२ ले हराउँदै भारतले उपाधि आफ्नो पोल्टामा पारेको हो।
शुक्रबारको खेलको निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटमा भारतले ३ गोल थपेको हो।
राउण्ड रोबिन लिगमा अपराजित रहँदै बंगलादेश फाइनलमा पुगेको थियो भने भारत लिगको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो।
60
Shares
प्रतिक्रिया