इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति तीन खेल हुँदैछन्।
आइतबार राति वर्ल्ड ट्राफोर्डमा हुने खेलमा म्यानचेष्टर युनाइटेडले ब्राइटोनसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ।
यसै सिजन फरवर्ड क्रिस्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड उपाधि दौडका लागि सिजनको सुरुवात गर्ने योजनामा छ।
प्रिसिजनमा ४५ मिनेट मात्र मैदानमा बिताएका रोनाल्डो आजको खेलमा पुरै समय खेल्न सक्नेछन्। युनाइटेडकै एन्थोनी मार्शल ह्यामस्ट्रिमको समस्याले बाहिर रहँदा जाडोन सान्चो र ल्युक श पुर्णरुपमा फिट छन्।
ब्राइटोनका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टर चोटबाट मुक्त भएपछि मात्र टोलीमा उपलब्ध हुनेछन्।
आजै राति लन्डन स्टेडियममा हुने खेलमा म्यानचेष्टर सिटीले वेष्टह्यामको घरेलु मैदानमा खेल्नेछ। अर्को खेलमा लेष्टरको घरेलु मैदान किंग पावर स्टेडियममा ब्रेन्टफोर्ड खेल्नेछन्।
Shares
प्रतिक्रिया