ad ad

खेल


‘तेस्रो द ब्रिटिस कप’ फुटसल ब्रिटिस कलेजले जित्यो

‘तेस्रो द ब्रिटिस कप’ फुटसल ब्रिटिस कलेजले जित्यो

नेपालखबर
साउन २२, २०७९ आइतबार १७:५२, काठमाडौँ

द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ। 

उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच फुटसल प्रतियोगिता भएको थियो।

उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो। शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो। 

निर्धारित समयमा यी दुईबीचको खेल एकएक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। 

विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले  एक लाख नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले पचास हजार नगद पुरस्कार जितेको छ।

टुर्नामेन्टको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए । उनीहरु दुवैले १० हजार नगद जिते । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .