ad ad

खेल


आफ्नै खर्चमा फुटबल प्रशिक्षण लिन २३ जनाको टोली नेदरल्याण्ड्स जाँदै

आफ्नै खर्चमा फुटबल प्रशिक्षण लिन २३ जनाको टोली नेदरल्याण्ड्स जाँदै

नेपालखबर
साउन २२, २०७९ आइतबार १९:४७, काठमाडौँ

स्वस्तीश्री गुरुकुल विद्यालयका विद्यार्थी हल्याण्ड फुटबल युनिभर्सिटीमा विशेष फुटबल प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुने भएका छन्। 

प्रशिक्षणमा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा विद्यालयको २३ सदस्यीय टोली नेदरल्यान्ड्मा जानेछ। 

प्रशिक्षणमा सहभागी हुन जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाइ गरे। 

प्रशिक्षण साउन २५ देखि ३१ गते सम्म चल्नेछ। 

पूर्व कप्तान गुरुङको नेतृत्वमा जाने टोलीमा प्रशिक्षकमा ज्वाला विष्ट, खेलाडीहरुमा दीर्घायु पिया, सदित अर्याल, दीप खत्री, वैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, शाश्वत बुढाथोकी, सर्वणी सुवेदी, प्रश्रय श्रेष्ठ, पाल्देन दोर्जे शेर्पा, ज्युड सापकोटा, भाइचुङ तामाङ, कविर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्थ, सौरव बरुवाल, जास्मिन सापकोटा र रिहान मान जोशी छन्। 

प्रशिक्षणमा सहभागी खेलाडीहरु आफ्नै खर्चमा नेदरल्याण्ड्स जान लागेका हुन्। २३ सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .