इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले खराब सुरुवात गरेको छ। गत सिजन च्याम्पियन्स लिगबाटै बाहिरिएको युनाइटेड आइतबार साँझ घरेलु मैदानमा ब्राइटनसँग २–१ ले पराजित भएको हो।
ब्राइटनविरुद्ध प्रशिक्षकले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई दोश्रोहाफमा मात्रै मौका दिएका थिए। जतिबेला टोली २–० ले पछि परिसकेको थियो।
रोनाल्डोको प्रवेश पछि पनि युनाइटेकले गोल गर्न भने सकेन। तर उसले ६८ औं मिनेटमा आत्माघाति गोल उपहार पाउँदा अन्तर भने घटायो।
त्यसअघि पहिलो आफमै ब्राइटनले २–० को अग्रता बनाएको थियो। ३० औं मिनेटमा पास्कल ग्रोबले ३० औं मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाए। उनैले ९ मिनेटपछि अर्को गोल थप्दै ब्राइटनलाई महत्वपुर्ण ३ अंक दिलाए।
सुरुवातमा बेन्चमै राखेका प्रशिक्षक टेन ह्यागले रोनाल्डोलाई खेलको ५३ औं मिनेटमा मिडफिल्डर फ्रेडको स्थानमा मैदान प्रवेश गराए।
क्लब छाड्न चाहिरहेका रानाल्डो अन्तिम समयमा प्रशिक्षणमा फर्किंदा टिमभित्र असन्तुष्टि समेत देखिएको छ।
यसअघि मैत्रीपूर्ण खेलमा सवस्टिच्युट हुनु पर्दा समेत उनले असन्तुष्टि जनाएका थिए। त्यतिबेला पनि प्रशिक्षक असन्तुष्ट थिए।
गत सिजन युनाइटेडले छैटौं स्थानमा रहँदै लिग टुंग्याउँदा यो सिजन च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ। युनाइटेडले च्याम्पियन्स लिग खेल्न नपाउने भएपछि उनले च्याम्पियन्स लिग खेल्नैका लागि युनाइटेड छाड्न चाहेका थिए।
तर ठूला क्लबबाट प्रस्ताव नआएपछि उनी अन्तिम समयमा टोलिमा सामेल भएका हुन्।
रोनाल्डो सामेल भएपनि युनाइटेड भने पूरानै लयबिहिन अवस्थामा देखिएको छ।
Shares
प्रतिक्रिया