इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ।
आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्याममाथि २–० गोल अन्तरको महत्वपूर्ण जित हात पारेको हो।
आइतबारको खेलमा सिटीलाई जित दिलाउने क्रममा एर्लिङ हालान्डले दुवै गोल गरेका थिए।
खेलको ३६ औं मिनेटमा नै पेनाल्टीमार्फत गोल गरेका उनले खेलको ६५ औं मिनेटमा अर्को गोल थपेका थिए।
विपक्षी टोलीको तर्फबाट भने कुनै गोल हुन सकेन।
36
Shares
प्रतिक्रिया