बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि हात पारेको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले पुमास यूनामलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
बार्सिलोनालाई जित दिलाउने क्रममा पेड्रीले दुई गोल तथा रोबर्ट लेवान्डोस्की, औस्माने डेम्बेले, पिएरे एमरिक औबामेयाङ र फ्रेन्की डि जोङले १/१ गोल गरेका थिए।
ला लिगाको नयाँ सिजन सुरु हुनुअघि बार्सिलोनाले युरोपको शीर्ष डिभिजन क्लबसँग जोआन गाम्पर ट्रफी खेल्ने गरेको छ।
93
Shares
प्रतिक्रिया