ad ad

खेल


राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर शुक्रबार नेपाल आउने

राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर शुक्रबार नेपाल आउने

नेपालखबर
साउन २४, २०७९ मंगलबार १६:३५, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आगामी शुक्रबार नेपाल आउने भएका छन्। 

मुख्य प्रशिक्षक प्रभाकर शुक्रबारसम्म नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए। 

क्यानले मंगलबार भारतिय पूर्व अलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। प्रभाकरले १ वर्ष नेपाली टोली हेर्नेछन्। 

नेपालले भदौ ९ गतेदेखि केन्यासँग पाँच टि२० आई र तीन एकदिवसीय अभ्यास खेल खेल्ने तालिका छ। सोही अनुरुप प्रशिक्षक प्रभाकर शुक्रबार नेपाल आउन लागेका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ ७ गते केन्या भ्रमणमा निस्कने तालिका छ। टि–२० आई सिरिज भदौ ९ गतेदेखि सुरु हुनेछ। 

क्यानले यसअघि नै टि–२० को कप्तानी सन्दीप लामिछाने र एक दिवसीय खेलको कप्तानी रोहित पौडेलले गर्ने बताइसकेको छ। क्यारेविन प्रिमियर लिग (सिपिएल) का कारण कप्तान सन्दीप तीन एकदिवसीय अभ्यास खेलमा सहभागी हुने छैनन्। 

तत्कालिन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक विहिन थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .