२३ ग्रान्डस्लाम विजेता सेरिना विलियम्सले केही सातामै टेनिसबाट सन्यास लिने भएकी छन्। सम्भवतः अगस्ट २९ मा सुरु हुने यूएस ओपन उनको अन्तिम सहभागिता हुनेछ।
यसको घोषणा उनले पछिल्लो इन्स्टाग्राम पोस्टमा गरेकी छन्। भोग म्यागेजिनको सेप्टेम्बर अंकको आवरणमा विलियम्स देखिँदैछिन्।
‘जीवनमा यस्तो समय आउँछ, जुनबेला हामीले अलग दिशामा जाने निर्णय लिनुपर्ने हुन्छ। कुनै कुरालाई अत्यन्त माया गर्दा त्यो समय कठिन हुनपुग्छ। म पनि टेनिसमा रमाएँ। तर, अब उल्टो गिन्ती सुरु भएको छ,’ विलियम्सले इन्स्टाग्राममा लेखेकी छन्, ‘मैले आमा हुनमा, आफ्नो आध्यात्मिक लक्ष्य र अन्त्यमा अलग तर उत्तिकै उत्साहित सेरिना खोज्न ध्यान केन्द्रित गर्नुपर्नेछ। म यसलाई आउँदो केही हप्तामा बिसाउनेछु।’
विलियम्सभन्दा बढी मार्गरेट कोर्टले मात्र २४ ग्रान्डस्लाम जितेकी छन्। यद्यपि थुप्रैले विलियम्सलाई टेनिसको सबैभन्दा महान महिला खेलाडी मान्छन्।
पछिल्लो पटक विलियम्सले २०१७ मा अस्ट्रेलियन ओपन जितेकी थिइन्।
Shares
प्रतिक्रिया