ad ad

खेल


केरला लिग खेल्न दीपा भारत प्रस्थान

केरला लिग खेल्न दीपा भारत प्रस्थान

नेपालखबर
साउन २५, २०७९ बुधबार १२:३३, काठमाडौँ

नेपाल पुलिस क्लबकी मिडफिल्डर दीपा न्यौपाने केरला लिग खेल्न भारत प्रस्थान गरेकी छिन्। 

केरला महिला लिग खेल्न उनी आज दिउँसो त्यसतर्फ प्रस्थान गरेकी हुन्। दीपाले केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। 

लिगका लागि क्लबसँग उनले २ महिनाको सम्झौता गरेकी छिन्। केरला लिगको च्याम्पियन टोली महिला आइ लिगका लागि छनोट हुनेछ। दीपा आवद्ध टोली केरला लिगको साविक उपविजेता हो।

भारत प्रस्थान गर्नुअघि दिपाले भनिन्, ‘देश बाहिर खेल्न पाउँदा निकै खुसी लागेको छ।’

दीपा बिहीबारबाट क्लबसँग आवद्ध हुनेछिन्। 

केरला लिगमा बिहिबार डन बोस्कोले पहिलो खेल लड्स पीआरविरुद्ध खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .