युरोपियन सुपरकपमा बुधबार राति स्पेनिस क्ल्व रियल मड्रिडले जर्मन क्लब इन्ट्राक्ट फ्राङफुर्टको सामना गर्दै छ।
राति पउने १ बजे फिनल्याण्डको हेलसिन्की ओलम्पिक स्टडियममा दुई उपाधि विजेता आमनेसामने हुन लागेका हुन्।
रियल मड्रिड च्याम्पियन्स लिग विजेता र फ्राङफुर्ट युरोपा लिगको विजेता हो। रियलले फाइनलमा लिभरपुललाई र फ्राङफुर्टले रेन्जर्सलाई पराजित गर्दै उपाधि जितेको थियो। फ्राङफुर्टले त्यसअघि सुपरकपको सर्वाधिक विजेता बार्सिलोनालाई क्वार्टरफाइनलमा पराजित गरेको थियो।
फ्राङफुर्टलाई हराउन सके रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्साको कीर्तिमान बराबरी गर्नेछ। बार्सिलोना र एसी मिलान सुपर कपका सर्वाधिक विजेता हुनु। दुवै टोलीले ५/५ पटक उपाधि जितेका छन्।
रियलले हालसम्म ४ पटक उपाधि जितेको छ। यी दुई टोली ६२ वर्षपछि भिड्न लागेका हुन्। यसअघि सन् १९६० मा युरोपियन कपको फाइनलमा रियलले फ्राङफुर्टलाई ७–३ ले पराजित गरेको थियो।
Shares
प्रतिक्रिया