अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेको जिम्मेवारी खोसिएको छ।
उनलाई बर्खास्त गर्न मागसहित यअसघि नै एन्फामा निवेदन दर्ता भएको थियो।
पाँडेलाई यसअघि एन्फाको पहिलो बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको थियो। तर, एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले उनको जिम्मेवारी खोसेको हो।
पाँडेलाई एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट हटाउन माग गर्दै निवेदन दर्ता
यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्ष विराटजंग शाहीले उनलाई बर्खास्त गर्न निवेदन दर्ता गराएका थिए।
पाण्डेलाई धारा ३८ (६) बमोजिम नै बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता भएको थियो। पाण्डेविरुद्धको निवेदनमा उनीहरुका साथै अन्य १० जनाले पनि हस्ताक्षर गरेका थिए।
उक्त निर्णय एन्फा विधानको धारा २४ को ३ (क) मा भएको व्यवस्था देहायको व्यक्ति एन्फा वा प्रदेश फुटबल संघमा निर्वाचन वा मनोनित हुन नसक्ने भन्दै उपधारा ३ (क) अनुसार गैर नेपाली नागरिक भएमा भनिएको व्यवस्था अनुसार उनको नियुक्ति कानुनविपरीत भएको निवेदनमा उल्लेख थियो।
Shares
प्रतिक्रिया