शनिबारको ला लिगाको पहिलो खेलअगाडि बार्सिलोनाले चार नयाँ खेलाडी दर्ता गरेको छ।
ला लिगाको वित्तीय नियमअनुसार सो क्लबले यो सिजन किनेका खेलाडी दर्ता गर्न सकेको थियो।
तर, यो वर्ष चौथो पटक आर्थिक सम्झौतामार्फत लगानी बढाएपछि ती खेलाडी दर्ता भएका हुन्।
फ्र्यांक किसी, आन्द्रे क्रिस्टेन्सन, रोबर्ट लेवान्डोस्की र राफिन्हालाई दर्ता गरेको हो। शनिबार नै बार्सिलोनाले रायो भाएकानोसँग खेल्दैछ।
जुल कुन्दको भने दर्ता बाँकी छ। त्यसका लागि तलबमा खर्च हुने रकम घटाउनुपर्ने बताइएको छ। एजेन्सी
36
Shares
प्रतिक्रिया