सिजनको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले बराबरी गर्दै स्पेनिस ला लिगाको सुरुवात गरेको छ।
सिजनको पहिलो खेलमा बार्साले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना खेलको अन्तिम मिनेटमा १० खेलाडीमा सिमित भयो। इन्ज्युरी समयको तेस्रो मिनेटमा सर्जियो बुस्क्वेट् दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडे। बराबरीसँगै खुवै टोलीले एक् एक् अंक बाँडेका छन्।
गएरातिकै अर्को खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई ३–० ले हराएको छ।
सिजनको पहिलो जितसँगै भिल्लारियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। गएरातिकै अर्को खेलमा सेल्टा डी भिगो र स्पान्योलले २–२ गोलको बराबरी गर्दै अंक बाँडे।
39
Shares
प्रतिक्रिया