राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा राना प्रशिक्षणका क्रममा चोटग्रस्त भएकी छन्।
साफ च्याम्पियनसिपको प्रशिक्षणका क्रममा पूजाले चोट बोक्न पुगेकी हुन्।
प्रशिक्षणका क्रममा गोलरक्षकसँग ठोक्किन पुग्दा पूजाको बायाँ खुट्टामा चोट लागेको छ।
चोटकै कारण पूजाले घरेलु मैदानमा हुने साफ च्याम्पियनसिप गुमाउने जोखिम देखिएको छ।
नेपाल पुलिस क्लबकी पूजाले सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्।
साफ च्याम्पियनसिपका लागि हाल ३५ खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन्। साफ भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुँदैछ।
57
Shares
प्रतिक्रिया