ad ad

खेल


दोस्रो खेलमा पनि लिभरपुल जितविहीन, नुनेजलाई रातोकार्ड

दोस्रो खेलमा पनि लिभरपुल जितविहीन, नुनेजलाई रातोकार्ड

नेपालखबर
साउन ३१, २०७९ मंगलबार ११:२४, काठमाडौँ

इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको उपाधि दाबेदारमध्ये एक लिभरपुल दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ।

गएराति एनफिल्डमा भएको खेलमा लिभरपुलले तुलनात्मक रुपमा कमजोर टोली क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। 

दोस्रो हाफमा १० खेलाडीमा सीमिति लिभरपुलले पहिलो हाफमै गोल खाने पुगेको थियो। 

क्रिस्टल प्यालेसले राम्रो चुनौती दिँदै खेलको ३२ औँ मिनेटमा अग्रत लिएको थियो। खेलको ३२ औँ मिनेटमा क्रिस्टल प्यालेसका विलफ्रेड जाहाले काउन्टर एट्याकका क्रममा गोल गरेका थिए। 

पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा झर्यो।  खेलको ५७ औँ मिनेटमा डार्विन नुनेजले रातो कार्ड खाए। उनले क्रिस्टल प्यालेसका खेलाडीलाई टाउकाले हानेपछि रातोकार्ड पाएर मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा झरेको थियो।

लिभरपुलले १० खेलाडीमा झरे पनि खेलको ६१ औँ मिनेटमा गोल फर्कायो। उसका लागि लुइस डियाजले गोल गर्दै लिभरपुलको हार टार्न सफल भए। 

यो सिजन लिभरपुलले लगातार दोस्रो बराबरी खेलेको छ। यसअघि पहिलो खेलमा पनि लिभरपुल फुलहमसँग २-२ गोलको बराबरीमा रोकिएको थियो। 

दुई खेलमा बराबरीपछि लिभरपुलले केबल २ अंक बनाउँदै लिगको १२ औँ स्थानमा छ। अर्कातिर क्रिस्टल प्यालेस १ अंकसहित १६ औँ स्थानमा छ।

अर्कातिर डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी ६ अंकसहित लिगको शीर्ष स्थानमा छ
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .