१३औँ दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्णपदक विजेता आयशा शाक्य पारा तेक्वान्दोको लेभल २ प्रशिक्षण कोर्स उत्तीर्ण गर्ने पहिलो महिला प्रशिक्षक बनेकी छिन्।
विश्व पारा तेक्वान्दोको आयोजनामा मंगलबार सम्पन्न १८औँ विश्व पारा तेक्वान्दो प्रशिक्षक सर्टिफिकेट कोर्ष लेभलको उत्तीर्ण गर्ने दोस्रो नेपाली तथा पहिलो महिला प्रशिक्षक बनेकी हुन्।
आयशाले तीन दिनसम्म अनलाइनबाट भएको पारा तेक्वान्दोको लेभल–२ कोर्स पूरा गरेकी हुन्। यसअघि गत वर्ष कविराज नेगी लामाले सो कोर्ष उत्तीर्ण गरेका थिए।
लेभल २ उत्तीर्ण प्रशिक्षकले एसियन गेम्सलगायतका अन्य महादेशीय प्रतियोगिताको टोलीलाई प्रशिक्षण दिन पाउनेछन्।
लेभल २ पास गरेपछि आयशाले भनिन्, ‘मलाई यो मौका दिएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद। अब पारा तेक्वान्दो खेलाडी उत्पादन र प्रशिक्षणका लागि जुनसुकै समय तयार रहनेछु।’
Shares
प्रतिक्रिया