बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाई स्वदेश फर्किएका छन्।
मुख्य प्रशिक्षक स्वदेश फर्किएपछि राष्ट्रिय फुटबल टोलीको औपचारिक प्रशिक्षण शुक्रबारबाट सुरु हुने भएको छ।
हुमागाईं बुधबार बिहान अमेरिकाबाट नेपाल आएका हुन्।
कुवेतमा भएको एसियन कप छनोट पछि अब्दुल्लाह अलमुताइरी बिदामा बसेका छन्। उनको विषयमा भने एन्फाले कुनै निर्णय गरेको छैन। खेलाडीसँगको विवादपछि अलमुताइरीले टोली बाहिर राखेका कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्दसहितका ११ खेलाडीलाई समेट्दै हुमागाइले युवा र अनुभवी खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्।
प्रारम्भिक चरणमा परेका ४० खेलाडीलाई एन्फामा बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले बताए। नेपालले दशरथ रंगशालामा असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
प्रारम्भिक टोली
गोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर – अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर – संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड– विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाईँ, अभिषेक रिजाल, भरत खवास
Shares
प्रतिक्रिया