घरेलु मैदानमा हुने साफ च्याम्पियनसिप फुटबलमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) को बुधबार बसेको कार्यकारिणी समितिको बैठकले २३ अगष्टसम्म फिफाको निर्णय यस्तै रहेमा नेपालमा हुने साफ महिला च्याम्पियनसिपमा ६ टोलीले स्पर्धा गर्नेछन्।
६ देशलाई दुई समूहमा विभाजन गरिएको छ। समूह विभाजन भने पुरानै रहने साफले जनाएको छ।
भारतको फुटबल संघलाई फिफाले अनिश्चित समयका लागि निलम्बन गरेपछि भारत तत्कालका लागि साफ च्याम्पियनसिपबाट बाहिरिएको छ। तेस्रो पक्षबाट हस्तक्षेप भएको भन्दै फिफाले भारतलाई निलम्बन गरेको थियो।
भारतमाथि प्रतिबन्ध यथावत रहेमा श्रीलंकामा हुने साफ यू १७ का च्याम्पियनसिपको खेल तालिका परिमार्जन गरिनेछ। फिफाले भारतमाथि लगाएको निलम्बनमा थप केही घटनाक्रम हुन सक्ने भएकाले यस्तो निर्णय गरेको साफले जनाएको छ।
साफको बैठकमा नेपालको तर्फबाट अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राई र श्रीलंकाका अध्यक्षले प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएका थिए।
बैठकले सन् २०२३ को लागि प्रतियोगिताको क्यालेन्डर पनि अनुमोदन गरेको छ। सन् २०२३ र २०२४ मा हुने प्रतियोगिताको क्यालेन्डर एफसीको प्रतियोगिताको क्यालेन्डर अनुसार नै हुनेछ।
Shares
प्रतिक्रिया