जिम्बाबे भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले पहिलो एक दिवसीय खेलमा घरेलु टोलीलाई १० विकेटले हराएको छ।
जितसँगै भारतले तीन खेलको एक दिवसीय सिरिजमा जिम्बाबेविरुद्ध १–० को अग्रता बनाएको छ।
जिम्बाबेले दिएको १९० रनको लक्ष्य भारतले ३०.५ ओभरमा बिनाविकेटको क्षति भेट्टाएको हो।
ओपनर शिखर धवन ८१ र शुभमन गिल ८२ रनमा नटआउट रहे। ११३ बलको सामना गरेका धवनले ९ चौका हाने। १३० बलको सामना गरेका गिलले १० चौका र १ छक्का हाने।
त्यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाबे ४०.३ ओभरमा १ सय ८९ रनमा अल आउट भयो। कप्तान रेजिस चकभाले बनाएको ३५ रन नै जिम्बाबेका लागि सर्वाधिक रह्यो।
जिम्बाबे र भारतबीचको दोस्रो एक दिवसीय खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ।
39
Shares
प्रतिक्रिया