ब्राजिलियन फुटबल स्टार कासेमिरो म्यानचेष्टर युनाइटेड जाने भएका छन्।
मिडफिल्डर कासेमिरोले अबको केही घण्टा मात्रै रियल मड्रिडको खेलाडीको रुपमा आफ्नो परिचय बनाउनेछन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानचेष्टर युनाइटेड र कासेमिरो बीच सम्झौता भइसकेको छ। भने अन्तिम मेडिकल रिपोर्टमात्र बाँकी छ।
उनले रियल मड्रिडको अनुमतिमा शुक्रबार अनिवार्य मेडिकल परीक्षण गर्नेछन्।
इंग्लिस क्लबको प्रस्तावको तिन दिनसम्म अध्ययन र ममन गरेपछि ब्राजिलियनले उनलाई विश्वको ठुलो टोलीमा जान अनुमति दिएको हो।
पछिल्लो समय कासेमिरो खराब समयबाट गुज्रिरहेपनि उनले पाएको सफलता र रेकर्डले उनलाई अगाडी बढ्न हौसला दिइरहनेछ।
उता रियल मड्रिडका टिम म्यानेजर एन्सेलाटीले आफ्नो टोलीको आत्मविश्वासी र महत्वपुर्ण खेलाडी गुमाउने पक्षमा छैनन्। उनलाई अझै पनि रियलमा राख्नको लागि मनाउने प्रयासमा छन्।
Shares
प्रतिक्रिया