स्पेनिस ला लिगामा शुक्रबार दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा एस्पान्योल र रायो भालेकाने भिड्दैछन्।
एस्पान्योलको घरेलु मैदानमा हुने खेल राति पौने १२ बजे सुरु हुनेछ। पहिलो खेलमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको भालेकानो दोस्रो खेलमा स्पष्ट ३ अंक जोड्न चाहन्छ।
एस्पान्योलले पनि पहिलो खेलमा सेल्टा भिगोसँग २–२ को बराबरी गर्दै अंक बाँडेको थियो।
आजै मध्यराति हुने अर्को खेलमा सेभिया र रियल भालाडोलिड खेल्नेछन्।
खेल राति पौने २ बजे पछि सुरु हुनेछ। दुवै टोली अंक तालिकामा उक्लने प्रयासमा हुनेछन्। पहिलो खेलमा पराजित भएका दुवै टोली जितको लागि मैदान उत्रनेछन्।
सेभिया पहिलो खेलमा ओसासुनासँग २–१ ले पराजित भएको थियो। रियल भालाडोलिड पहिलो खेलमा भिल्लारियलसँग ३–० ले पराजित भएको थियो।
42
Shares
प्रतिक्रिया