ad ad

खेल


आर्सनलको लगातार तेस्रो जित

आर्सनलको लगातार तेस्रो जित

नेपालखबर
भदौ ५, २०७९ आइतबार ११:४७, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ। 

शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथमाथि ३–० को फराकिलो जित दर्ता गरेको हो। जारी सिजनको सुरुबाट आर्सनल बलियो अवस्थामा देखिएको छ। 

यसै सिजन आर्सनलले म्यानचेस्टर सिटीबाट गाब्रियल जेसस भित्र्याएको थियो। आर्सनलको जितमा मार्टिन वडेगार्डले २ तथा विलियम सालिवाले १ गोल गरे। खेलको पाँचौँ मिनेटमा मार्टिनको गोलबाट आर्सनलले अग्रता बनाएको थियो। 

त्यसको ६ मिनेटपछि उनैले अग्रता दोब्बर पारे। विलियमले ५४ औं मिनेटमा अर्को गोल थप्दा घरेलु टोलिले फराकिलो हार व्यहो¥यो। यसअघि क्रिस्टल प्यालेस २–० र लिसेस्टर सिटीमाथि ४–२ को जित दर्ता गरेको थियो। 

तीनै खेलमा जित हात पारेको आर्सनल शीर्ष स्थानमा छ। 

शनिबार राति नै भएका खेलमा  टोटनह्यामले वुल्भ्स, साउथह्यामटनले लिसेस्टर सिटी र फुलह्यामले ब्रेन्टफर्डलाई र क्रिस्टल प्यालेसले वेस्टन भिल्लालाई पराजित गरेका छन्। एभर्टनले नटम फरेस्टसँग १–१ को बराबरी खेलेको छ। 

आइतबार राति वेस्टह्याम र ब्राइटन, लिड्स युनाइटेड र चेल्सी तथा न्युक्यासल र म्यानचेस्टर सिटी भिड्दै छन्। तेस्रो चरणको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुल सोमबार राति आमनेसामने हुँदै छन्। 

जारी सिजन दुवै टोलीको खराब सुरुवात छ। युनाइटेडले दुवै खेल हारेको छ भने लिभरपुल दुवै खेलमा बराबरी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .