ad ad

खेल


भीएफएलको पोष्टमा बायर्नको आधादर्जन बढी गोल

भीएफएलको पोष्टमा बायर्नको आधादर्जन बढी गोल

नेपालखबर
भदौ ६, २०७९ सोमबार ६:१८, काठमाडौँ

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले सानदार नतिजा निकालेको छ। आइतबार राति भएको खेलमा बायर्नले भीएफएल बोचुमलाई ७–० ले पराजित गरेको हो। बायर्नका ५ खेलाडीले गोल गर्दा एक खेल उपहार पायो। 

खेलको सुरुबाटै भीएफएलमाथि बायर्न हाबी भएको थियो। चौथो मिनेटमा सानेको गोलबाट अग्रता लिएको बायर्नले पहिलो हाफमा चार गोल ग¥यो। डे लिग्टले २५ औं मिनेटमा, कोमनले ३३ औं मिनेटमा र साडियो मानेले ४२ औं मिनेटमा गोल गरे। दोश्रो हाफमा पनि मानेले एक गोल थपे। 

६० औं मिनेटमा पेनाल्टी मार्फत उनले गोल गरेका हुन्।

६९ औं मिनेटमा बार्यनले आत्माघाती गोलको मद्दतमा अग्रता ६–० मा पु¥यायो।

७६ औं मिनेटमा सर्जी ग्नाब्रिले गोल गर्दै टोलीलाई सानदार जित दिलाए।

तेस्रो चरणका खेल सकिँदा बायर्न ९ अंकसहित शीर्षस्थानमा छ। ३ खेलमा एक गोल खाएको बायर्नले १५ गोल विपक्षीको पोष्मा गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .