स्पेनिस लालिगामा एथ्लेटिको मड्रिड पराजित भएको छ। आइतबार राति घरेलु मैदानमा भिल्लारियलसँग २–० ले पराजित भएको हो।
पहिलो हाफ गोलरहित भए पनि खेलको ७३ औं मिनेटमा यरेमि पिनोले पाहुना टोलीलाई अग्रता दिलाएका थिए।
अतिरिक्त समयको चौथो मिनेटमा एथ्लेटिको १० खेलाडीमा सिमित हुँदा थप दवावमा आयो।
अतिरिक्त समयकै सातौं मिनेटमा अल्फेन्सोको पासमा जेरार्ड मोरेनोले गोल गर्दै २–० को जित दिलाए।
जितसँगै भिल्लारियल ६ अंकसहित तालिकाको शीर्षस्थानमा पुगेको छ। समान अंक भए पनि रियल मड्रिड दोस्रो स्थानमा छ।
36
Shares
प्रतिक्रिया