लिग १ मा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सानदार जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा लिलेविरुद्ध ७–१ को जित हात पारेको हो।
पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे। खेलको ८ सेकेन्डमै पीएसजीले गोल गरेको थियो। लियोनल मेस्सीको पासमा एम्बाप्पेले गोल गरेका थिए। त्यसपछि लगातार बार्साको ट्रियो लिलेलाई भारी पर्यो। २७ औं मिनेटमा मेस्सीले गोल गर्दा ३९ औं मिनेटमा हाकिमीले अर्को गोल थपे।
पहिलो हाफ सकिने अघि ४३ औं मिनेटमा नेइमारले गोल गर्दै पीएसजीलाई ४–० को अग्रता दिलाए। त्यसपछि पनि पीएसजीको आक्रमण रोकिएन। ५२ औं मिनेटमा नेइमारले व्यक्तिगत दोश्रो गोल गरे। तर त्यसको दुई मिनेटमै लिलेका बाम्बाले एक गोल फर्काए।
तर, ६६ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोश्रो गोल गर्दा पीएसजीको अग्रता ६–१ मा पुग्यो। ८७ औं मिनेटमा एम्बाप्पेले अर्को गोल थप्दै ह्याट्रिक गरे। पीएसजीले यसअघि पनि दुवै खेलमा ५ गोल गरेको थियो।
लिगका तीन खेल सकिँदा पीएसजीले १७ गोल गर्दै ३ गोल खाएको छ। साविक विजेता पीएसजी तालिकाको शीर्षस्थानमा छ।
Shares
प्रतिक्रिया